०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

नेपालगन्जमा फर्निचर गोदाममा आगलागी

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०८, २०७६

बाँके । नेपालगञ्ज सुर्खेत रोड बिपी चोक नजिकै फर्निचर गोदाममा आगलागी भएको छ ।

सुर्खेतरोड गुरुद्वारा अगाडि रहेका फर्निचर पसल तथासँगै रहेका गोदाममा बिहीबार आगलागी भएको हो । लागलागी भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, दमकल तथा स्थानीयको सक्रियतामा आगलागी नियन्त्रण आइसकेको बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गरिरहेकाले अहिले नै यकिन नभएको प्रवक्ता सिंहले बताउनुभयो । “अध्ययन नगरेरै वास्तविक क्षति कति भएको छ भन्ने थाहा हुँदैन, हामीले अहिले अनुमान मात्रै गर्ने हो”, प्रहरी नायब उपरीक्षक सिंहले भन्नुभयो । फर्निचर पसलमा आगलागी भएपछि बिपी चोक नजिकै घनाबस्तीको बीचमा पेट्रोलपम्प रहेकाले उच्च सतर्कता अपनाइएको सिंहले बताउनुभयो ।

पसलमा तयारी अवस्थामा राखिएका तथा प्रयोगमा नआएका काठ एवं फर्निचर जलेका छन् । यसअघि पनि सोही स्थानमा रहेका एक दर्जन बढी फर्निचर पसल तथा गोदाममा आगलागी हुँदा रु एक करोड बढीको क्षति भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]