०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

गैर आवासीय मधेशी संघ दुबईद्वारा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शनिबार, कार्तिक ०९, २०७६

दुबई ।विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) यूएई दुबईद्वारा जबिल पार्कमा दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार कार्यक्रममा एनआरएमएको अन्तर्राष्ट्रिय समितिका अध्यक्ष बसन्त कुशवाहाले दिपावली तथा छठ पर्कको शुभकामना दिदै मधेश तथा विदेशमा रहेको मधेसी युवाहरुको वर्तमानमा अवस्थाको विषयमा चर्चा परिचर्चा गरेका थिए ।

आफ्नो पहिचान र धर्म संस्कृति लाई विदेशी भूमिमा भएपनि कायम राख्न एनआरएमएले दुबईमा समेत कार्यक्रमलाई निरन्तरता दिएका हुन।

कार्यक्रममा मदन यादव, जग नारायण मण्डल, राकेश जयसवाल, सरोज यादव, बिनोद पासवान, सन्त साह, शम्भु महरा, पवन यादव र अमित शर्माले समेत शुभकामना मन्तव्य राखेको थियो।

उत्त कार्यक्रम हरिदेव शर्मा, नगीना महतो, मनोज यादव, धर्मेन्द्र यादव ,ब्रिजेश त्रिपाठीलगाइतको उपस्थितिमा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]