०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

तिहारको लागि घर पोत्न माटो खन्ने क्रममा १ बालिकाको मृत्यु ,दुई घाइते

Logo
प्रकाशित आइतबार, कार्तिक १०, २०७६

राजबिराज । तिहारमा घर पोत्न माटो खन्ने क्रममा सप्तरीको कञ्चनरुप ११ गोरपारमा ढिस्कोले पुरिएर एक जना बालिकाको शुक्रबार मृत्यु भएको छ भने अर्का दुई जना बालिकासमेत घाइते भएका छन् ।

मृत्यु हुनेमा जिल्लाको कन्चनरुप नगरपालिका-११, गोरपार निवासी पवन सरदारकी छोरी १३ वर्षिया पुस्पाकुमारी सरदारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कन्चनपुरका डिएसपी मकेन्द्र मिश्रले बताए।

यसैगरी पुस्पाकुमारीसँगै गोरपारमा कमेरो माटो खन्दै गरेकी सोही ठाउँका लागु सरदारकी छोरी १५ वर्षिया मन्त्रिता सरदार गम्भीर घाइते भएकी छिन्। ढिस्कोले पुरिएर उनको देब्रे खुट्टा पूरै चुँडिएर घाइते छन् । घुँडामुनिको सवै भाग छुट्टिएको मिश्रले जानकारी दिए। घाइतेको विराटनगरस्थित नोवेल हस्पिटलमा उपचार भइरहेको छ।

सोही ठाउँका मनिलाल सरदारकि १७ वर्षीया छोरी सुस्मिता सरदारको समेत हार र खुट्टामा चोट लागेको प्रहरी उपरीक्षक मिश्रले बताए । सुस्मिता सरदारको कृति सामुदायिक स्वास्थ्योपचार केन्द्र रुपनगरमा उपचार भइरहेको बताए । अहिले उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

घाइते मन्त्रिताको उपचारका लागि नोबेल हस्पिटल विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यस्तै सुस्मिता सरदारको कृति सामुदायिक स्वास्थ्योपचार केन्द्र रुपनगरमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

जिल्लाको कन्चनरुप नगरपालिका ११ भुवनपट्टीस्थित चुरे पहाडको वक्धुवा खोलामा माटो खन्न गएका बेला उनीहरुलाई ढिस्कोले पुरेको इलाका प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]