०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

तिहारका कारण बजारमा चहल पहल बढ्यो

Logo
प्रकाशित आइतबार, कार्तिक १०, २०७६

जनकपुरधाम। धनुषा जिल्लाको यदुकूहा,तिनकौरिया लगायत मधेसको विभिन्न जिल्लाभर तिहारका कारण यसबेला बजारमा चहल पहल पनि बढेको छ। सडक किनारामानै तिहार लक्षित विभिन्न सामग्रीको व्यापारमा उपभोक्ताको निक्कै भिड देखिन्छ।

नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार भित्रिएसङै फूल र बत्तीको झिलिमिलीको पर्व भनिने तिहारमा दियोको प्रयोग महत्वपूर्ण मानिन्छ । यही कारण माटो तथा धातुका दियो, विद्युतीय बत्ती तथा अन्य बढी प्रकाश दिने विभिन्न प्रकारका सामग्रीको कारोबारसमेत बढेको ब्यपारीले जनाएको छ ।

दैनिक उपभोग्य बस्तु, कपडा लगायतका सामाग्रीको व्यापार खासै नबढेको व्यवासायीको भनाई छ। तिहारमा पूजाका लागि चाहिने सामाग्रीको व्यापार बढे पनि अन्य सामग्रीका लागि भने सिमावर्ती बजार जाने प्रचलनले स्थानीय बजार उक्सन नसकेको उनिहरुको अनुभव छ।

चाडपर्व तथा बिवाहका लागि कपडा किन्न भारतको जयनगर , दुहवी र हरिने जाने चलन बढेकाले स्थानीय व्यवसाय सुस्त भएको तयारी कपडा व्यवायी रहेका रामबाबु शर्माले बताए।केही वर्षयता विद्युतीय बत्तीको अधिक उपोग हुने गरेको भए पनि माटोका दियो अर्थात पालाप्रतिको मोह भने उच्च नै पाइन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]