०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

धनुषाको बजारमा छठ पर्वको रौनक

Logo
प्रकाशित बुधबार, कार्तिक १३, २०७६

जनकपुरधाम। धनुषा जिल्लाको बजारमा छठ पर्वको रौनकता छाएको छ।ठेकुवा तथा प्रसाद बनाउन पवित्र तथा शुद्ध माटोको चुल्हो बनाउन महिलाले माटो ल्याउन थालेका छन।

छठ ब्रत्तको लागि पकाइने ठेकुवा, प्रसाद तथा चोखो खाना बनाउन माटोको नयाँ चुल्हो बनाउने परम्परा रहेको छ ।छठ पर्वका लागि जनकपुरको गंगासागर ,धनुष सागर ,अरगजा पोखरी ,कमला नदि लगायत ठाँउमा सजावटको कार्य तिब्ररुपले भईरहेको छ ।

यस्तै जिल्लाको ग्रामिण भेगमापनि छठ पूजाको तयारी जोडतोडले अगाडि बढेको छ । ग्रामीण क्षेत्रमा रहेका नदी, पोखरी तथा तलाउका छठघाटको सरसफाइ र सजावटको काम भइरहेको छ ।

हिन्दुहरुको धार्मिक ग्रन्थ महाभारत अनुसार द्रौपतिसहित पाण्डवहरूले अज्ञात बासमा रहँदा सो गुप्तबास सफलहोस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने सत्तीअनुसुईयाले यो पहिलो पटक पर्व मनाएपछि यसको परम्पराको थालनी शुरु भएको कथन सूर्य पुराणमा उल्लेख छ ।

छठ ब्रत्तको प्रभावले यसरी पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस्भन्ने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने गरिन्छ ।

यता, हिन्दुहरूको महान पर्व छठको लागि जिल्लाका ग्रामीण भेगबाट किनमेल गर्न आउने ग्राहकको भीडका कारण धनुषामा ट्राफिक व्यवस्थापनमा समस्या भएको छ ।

धनुषाको मुख्य बजार जनकपुरधाम,महेन्द्रनगर,ढल्केवर ,बिरेन्द्रबजार,यदुकूहा ,लगमाचोकहरुको सडकमा मोटरसाईकल, साईकल र चारपांग्रे सवारी–साधनको पार्किङ्गको व्यवस्था नभएको कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको हो ।

दिनहुँ हुने ट्राफिक जामका कारण किनमेलका लागि आउने सर्वसाधारणहरुलाई सास्ती हुने गरेको छ । छठ पर्वमा सामान किन्न साईकल, मोटरसाईकल मार्फत जनकपुरधाम आउने सर्वसाधारणको भिडभाडका कारण घण्टौसम्म ट्राफिक जाममा फस्ने गरेको किनमेल गर्न आएका सर्वसाधारणले बताएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]