०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

सांसद अरगरियाद्वारा सल्हेश मन्दिरको शिलान्यास

Logo
प्रकाशित मंगलबार, कार्तिक १९, २०७६

न्यूज मधेश,जनकपुरधाम । समाजवादी पार्टीका प्रमुख सचेतक एवम धनुषा निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य सांसद उमाशंकर अरगरियाले धनुषाको शहिदनगर नगरपालिकामा सलहेश मन्दिरको शिलान्यास गरेका छन् ।

सचेतक अरगरियाले शहिदनगर नगरपालिका वडा नं.४ मा सोमबार एक कार्यक्रमबीच सलहेश मन्दिरको शिलान्यास गरेका हुन् । उनले संसदीय विकास कोषको रकमले मन्दिर निर्माण गर्ने बताए ।

उनले बजेटमा अनियमितता नगरी ईमान्दारिता पुर्वक काम गर्न आग्रह गरे । उनले भने, ‘म भ्रष्टाचारको विरोधी छु। मलाई एक पैसा चाहिदैन । तपाईहरु पनि पारदर्शी रूपमा काम गर्नुहोला।’

शिलान्यास कार्यक्रममा समाजवादी पार्टीका शहिदनगर नगर अध्यक्ष दिनेश यादव, नगर सल्लाहकार फुलगेन यादव, प्रमोद अधिकारी ,उमेश यादव ,कपिल देव मरिक, नगर यूवा अध्यक्ष रामचन्द्र चौरबार, पार्टीको वडा नं.४ अध्यक्ष बेचन साह लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]