०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

यस्तो छ रौतहट विस्फोटका साक्षीको बयान

Logo
प्रकाशित बुधबार, कार्तिक २०, २०७६

न्यूज मधेश,रौतहट । विस्फोट घटनाका प्रत्यक्षदर्शीले कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमकै योजनामा घाइतेहरूलाई इँटाभट्टामा हालेको बयान दिएका छन् ।

घाइतेहरूलाई बोरामा हालेर त्यसको मुख थुनिएको र बोरा इँटाभट्टाभित्र राखिएको प्रत्यक्षदर्शीहरूले प्रहरीसँगको बयानमा भनेका खबर आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवाली, शिव पुरीले लेखेका छन्।

साक्षी १
बम विस्फोटबारे गाउँलेबाट गाइँगुइँ सुनेको थिएँ। घटनाको भोलिपल्ट इँटाभट्टा पुगेका बेला भाइलाई सोधें ।

उसले चुपचाप काम गर्ने, अरु कुरा हाम्रो चासोको विषय होइन भनेर जवाफ दियो । भाइसँगै बद्री सहनी, मुक्ति साह र कृष्ण मुखिया थिए । उनीहरुले मुखामुख गरे तर केही बोलेनन् । इँटा बोकेर म्यान (इँटा पोल्ने ठाउँ) नजिक पुग्दा अस्वाभाविक रुपमा गहुँको भुसा छरपस्ट देखें । त्यसपछि फेरि भाइलाई सोधें।

उसले अचानक विस्फोट हुँदा ठूलो मानवीय क्षति भएको बतायो । त्यसमा केही मानिसको मृत्यु र केही सख्त घाइते भएको पनि सुनायो । घाइते भएकालाई राति ट्र्याक्टरमा लोड गरी आफताब आलम, महताब आलम, शेख भदई, मोबिन आलम, शेख सेराजलगायतले इाटा पकाउने भुङ्ग्रोमा हालेका थिए रे।

साक्षी २
बद्री सहनी आलमका छिमेकीको राजा इँटाभट्टामा काम गर्ने हेड मिस्त्री हुन् । उनी प्रायः रातको समयमा इँटाभट्टामा ड्युटीमा रहन्थे । विस्फोटपछि आलमका दाजुभाइले बद्रीलाई बोलाएर घाइते र मृतकलाई भट्टामा जलाउन सहयोग गर्न आग्रह गरेका थिए।

साक्षी ३
म मस्त निद्रामा थिएा । ट्र्याक्टरको आवाज र मानिसको खैलाबैलाले मध्यरातमा ब्युाझिएँ । उठेर हेर्दा मसँगै काम गर्ने मिस्त्रीसहित आलमको डफ्फा देखें । ट्र्याक्टरमा जुटको बोरा देखें ।

आलमको टोलीले मलाई ठूलो स्वरमा गाली गर्दै भाग् भन्यो । बोराभित्र रहेका मानिसलाई पालैपालो निकाल्दै इँटा पोल्ने भुङ्ग्रोमा हालिएको थियो । केही बोराको पोको चलमलाएको देखिन्थ्यो । करिब ३ घण्टापछि सबै जना गाउँ फर्के।

साक्षी ४
आलम दलबलसहित मेरो घरमा आएका थिए । उनीहरुले विस्फोट भएको घर मर्मत गरी पहिलेको जस्तै बनाइदिन भने ।

मैले नमानेपछि ‘परिवार नै सिध्याइदिने’ धम्की दिए । त्यसपछि एक भारतीय नागरिकको सहयोगमा इद्रिसको घरगोठ मर्मत गरिदिएा । त्यहाँ गाईबस्तुले खाने भुस राख्यौं । पुराना घरबाट माकुराको जालो ल्याएर छानोमा लगायौं।

घाइते
मेरा कान, घााटी र छातीमा छर्रा लागेको थियो । अरु घाइतेलाई मार्न थालेपछि ज्यान जोगाउन म सकिनसकी भाग्दाभाग्दै बेहोस भएछु ।

होस आउादा भारत सीतामढी सदर अस्पतालमा थिएँ। त्यतिबेला मेरो पिसाब नली, नाक, मलद्वारमा पाइप लगाइएको थियो । अनुहार, घाँटी, छातीमा पट्टी बााधिएको थियो।

आलमको त्रासका कारण यसअघिको अनुसन्धानमा खुल्न नसकेका प्रत्यक्षदर्शी र साक्षीले सिलसिलेवार रूपमा घटनाबारे जानकारी गराएका हुन् ।

स्थानीय प्रहरी कार्यालयका तत्कालीन प्रमुखसम्मले घटना भएको बयान गरेका छन् । घटनामा परेका घाइते, मृतकलाई जिउँदै इँटाभट्टामा हाल्दाका प्रत्यक्षदर्शी र आलमका काका शेख इद्रिसको क्षतिग्रस्त घरगोठ मर्मत गर्ने कामदारलाई सरकारी वकिलको कार्यालयले साक्षीका रूपमा पेस गरेको छ।

घटना लुकाउन क्षतिग्रस्त घर मर्मत गरिएको, घाइतेलाई ज्युँदै आगोमा हालिएको र मृतकको शव नष्ट गरिएको व्यहोराको प्रमाण प्रहरीले जुटाएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]