०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

प्रमुख सचेतक उमाशंकर अरगरियाले गरे सोनासती देवी मन्दिरको शिलान्यास

Logo
प्रकाशित बिहिबार, कार्तिक २१, २०७६

न्यूज मधेश,जनकपुरधाम ।समाजवादी पार्टीका संघीय दलका प्रमुख सचेतक एवम धनुषा निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य सांसद उमाशंकर अरगरियाले धनुषाको कमला नगरपालिकामा सोनासती देवी मन्दिरको शिलान्यास गरेको छ ।

कमला नगरपालिका वडा नं.८ सोनापारामा बिहिवार एक कार्यक्रमबीच सोनासती देवी मन्दिरको शिलान्यास गर्नु भएको छ। उनले संसदीय विकास कोषको रकमले मन्दिर निर्माण गर्ने बताए ।

उनले बजेटमा अनियमितता नगरी ईमान्दारिता पुर्वक काम गर्न आग्रह गरे । उनले भने, ‘म भ्रष्टाचारको विरोधी हुँ । मलाई एक पैसा चाहिदैन । तपाईहरु पनि पारदर्शी रूपमा काम गर्नुहोला ।’आफ्नो क्षेत्रका जनताको समस्यालाई मध्य नजर राख्दै कार्यक्रमलाई निरन्तरता दिने र पर्व को बेला परत्यक्ष जनता संग भेट गरि शुभकामना साथ स्थानीय को समस्या बारे जानकार भइ समाधान तिर लागने सांसद अरगरियाले बताए ।

निरन्तर समाज संग जोडेर सामाजिक मुद्दा उठान र समधान गर्ने तर्फ़ उन्मुख रहेका सांसद अरगरियाले यो खाली समयलाई विशेष रुपमा सदुपयोग गर्नका लागि आफूले आफ्नो क्षेत्रका जनता , नेताकार्यकर्तासंग भेटघाट र उहाँहरुको समस्या समाधानका लागि कार्यकर्ताको माझ गएर कार्यक्रम शुरु गरेको बताए ।

आफ्नो निर्वाचन क्षेत्रमा स्थानीयहरु संग भेटि समस्या,गुनासो , बिकाश का योजना बारे बुझेका सांसद अरगरिया आफु छिटो भन्दा छिटो समस्या समाधान गर्ने र बिकाश तर्फ आवस्यक हरेक निकाय एवं मन्त्रालय र स्थानीय सरोकार वाला संग समन्वय गरि क्षेत्र को जनतालाइ विकास को प्रतिभुती दिलाउने बाचा गरे ।शिलान्यास कार्यक्रममा समाजवादी पार्टीका केन्द्रिय सदस्य अरुण सिंह मण्डल , पार्टीका कमला नगर अध्यक्ष मनिक लाल मण्डल ,निर्वाचित वडा नं.८को वडा अध्यक्ष राजेश्वर मरिक ,युवा नेता विनोद रोहिता,वडा सदस्य राम जीवन यादव ,मनिष गोइत ,महिला सदस्य लिलाबती देवी ,राम प्रताप साह,बिरेन्द्र गोढान,नारद यादव रहेको थियो।

सो कार्यक्रम शहिदनगर नगरपालिका वडा नं.८ पार्टी वडा अध्यक्ष जोगिन्द्र दास ,रामदेव साह,सरोज यादव ,राम अशिश मण्डल ,बिल्टु सल्हैता,लक्ष्मेश्वर यादव ,हरि प्रसाद यादव,उमेश यादव ,प्रहरी चौकी चोराकोयलपुर प्रहरी सहायक निरीक्षक राजेन्द्र प्रसाद यादव ,समाजवादी पार्टीको नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]