०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

रास्ट्रपति भण्डारीले गरे नेपाली चलचित्र स्वर्णिम महोत्सवको उदघाटन

Logo
प्रकाशित बिहिबार, कार्तिक २१, २०७६

न्यूज मधेश,वीरगंज । चलचित्र जगत आर्थिक क्षेत्रको सकारात्मक प्रभाव पार्ने माध्यम भएको राष्ट्रपति विद्या देवी भण्डारीले बताउनु भएको छ।

वीरगंजको आदर्शनगर रंगशालामा आयोजित नेपाली चलचित्र स्वर्णिम महोत्सवको उदघाटन गर्दै राष्ट्रपति भण्डारीले चलचित्र जगत आर्थिक क्षेत्रको सकारात्मक प्रभाव पार्नेमा माध्यम भएकोले यसमा समय सान्दर्भमा समय सापेक्ष तालिम र शिक्षा दिदै भौतिक पूर्वधारको विकास गर्दै जानु पर्ने वताउनु भएको हो ।

साथै कलाकारहरु राष्ट्रका जागरुप तथा महत्वपूर्ण प्रतिनिधि पात्र भएकाले समाजिक सहिष्णुता, शान्ति प्रवर्धन, पर्यटन विकास, पर्यावरणिय शन्तुलन र आर्थिक समृद्धिका सन्देश दुत बनेर समाजमा चेतना र जागरण फैलाउनु पर्ने वताउनु भयो ।

उदघाटन समारोहमा नेपाली चलचित्र स्वर्णिम सम्मानले प्रथम चलचित्र छांयाकार वैकुण्ट मास्के, प्रथम चलचित्र सम्पादक तिर्थलाल श्रेष्ठलाई राष्ट्रपति भण्डारीले समानित गर्नु भयो । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको अध्क्षतामा भएको कार्यक्रममा सुचना तथा संचार मन्त्री गोकुल प्रसाद बास्कोटा, प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउत गद्दी, वीरगंज महानगरपालिका मेयर विजय सरावगी, नेपाल उधोग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा लगायतको सहभागिता रहेको थियो ।

नेपाल चलचित्र निर्माता संघले आयोजनामा आज देखी सुरु भएको महोत्सव शनिबार सम्पन्न हुनेछ ।महोत्सवमा प्रस्तुती राख्न बलियुड सुपर स्टार गोबिन्दा आहुजा वीरगंज आएका हुन । उनले आज बेलुका ४ बजे देखी आफ्नो प्रस्तुती राख्नु भएको आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]