०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

तीन हजार २ सय ५० अबैध गाँजाको बिरुवा फडानी गरी नष्ट

Logo
प्रकाशित शुक्रबार, कार्तिक २२, २०७६

न्यूज मधेश ,सप्तरी । जिल्लाको विभिन्न खेतबारी तथा आगनमा उम्रिएको तीन हजार २ सय पचास अबैध गाँजाको बिरुवा फडानी गरी नष्ट गरेका छ्न ।

सप्तरी र सिरहाको विभिन्न खेतबारी तथा आगनमा उम्रिएको तीन हजार २ सय पचास अबैध गाँजाको बिरुवा फडानी गरी प्रहरीद्वारा नष्ट गरेका छ्न ।

ईलाका प्रहरी कार्यालय कडरबोनाबाट प्रनानि वकिल ठाकुरको कमाण्डमा ५ जना र प्रहरी चौकी धातिँबाट प्रसनि नन्दलाल बैठाको कमाण्डमा ४ जना समेतको टोलिले जिल्लाको सुरुङ्गा नगरपालिका वडा नं.९ खैरबाना टोल स्थितमा अबैध रुपमा खेत बारीमा लुकाई छिपाई लगाएको अन्दाजी तीन सय गाजाँको बोट फडानि गरी स्थानिय बासीको रोहबरमा बिहिवार बिहान नष्ट गरिएको जनाएको छ ।

यसैगरी ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी सिरहाबाट खटीएको गस्ती टोलीले जिल्लाको धनगढीमाई नगरपालिका १२ स्थित अन्दाजी २ बिगा खेतबारीमा उम्रिएको दुई हजार एक सय पचास बोट गाँजाको बिरुवा फडानी गरी स्थानिय बासीको रहोवरमा बुधबार नष्ट गरिएको थियो ।

त्यस्तै बुधबार इलाका प्रहरी कडरबोना कार्यालयका कार्यालय प्रमुख प्र.नि.राम राजा केशरी र प्रहरी चौकी सिस्वाबेल्ही सप्तरीबाट प्र.स.नि.समेतको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्लाको बोदेबरसाईन नगरपालिका वडा नं.१ धनगढी स्थित खेतबारीमा अबैध रुपमा लगाईएको आठ सय गाँजाको बोटहरु फडानी गरी सोही स्थानमा नष्ट गरिएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]

जनकपुरधाम ,२६ भदौ। कृषि तथा पशुपंक्षी बिमामा अनुदानका लागि मधेश प्रदेशले थप दुई करोड रुपैयाँ विनियोजना गरेको छ । बिमा प्राधिकरण र मधेश प्रदेश सरकारबीच बिमासम्बन्धी समयामयीक छलफलमा मुख्यमन्त्री सतिशकुमार सिंहले कृषि तथा पशुपन्छी बिमामा थप अनुदानका लागि थप दुई करोड छुट्याएको जानकारी दिएका हुन् । अन्य प्रदेशमा सुरु गरिएको घर बिमा र दुर्घटना बिमाको […]