०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

डा राउत नेतृत्वको पार्टीले पनि उपनिर्वाचनमा भाग लिने

Logo
प्रकाशित आइतबार, कार्तिक २४, २०७६

न्यूज मधेश,जनकपुरधाम।डा सिके राउत नेतृत्वको जनमत पार्टीले मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ।

पार्टीका केन्द्रीय सदस्य अब्दुल खानले पार्टीबाट उम्मेदवारी दिने निर्णय भएको जानकारी दिए। जनमत पार्टीले संघ र प्रदेशसभा क्षेत्रका लागि भने उम्मेदवारी नदिएको उनले बताए।

‘चुनावमा जाने निर्णयअनुसार जिल्लाबाट कम्तिमा ३ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गर्न आह्वान गरेका छौं,’ खानले न्यूजमधेशसँग भने, ‘कात्तिक २५ गतेभित्र आकांक्षी उम्मेदवारको नाम पार्टीमा पठाइसक्नुपर्छ।’

स्थानीय तहमा रिक्त पदका लागि कात्तिक २७ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ।

जनमत पार्टीले चुवाव जितिहाल्ने अपेक्षा नलिएको खान बताउँछन्। ‘हाम्रो पकड र बर्चश्व भएका क्षेत्र धेरै छैनन् तर जनताको मत लिनका लागि चुनावमा जाँदैछौं,’ उनले भने, ‘अहिले तयारी धेरै पुगेको छैन, अर्को चुनावमा पार्टीलाई जित्न सहयोग पुग्छ।’

उनले पार्टीबाट देशैभर रिक्त स्थानीय तह गाउँपालिका र वडाहरूमा उम्मेदवारी दिन लागेको उनले बताए।

मधेशलाई केन्द्र बनाएर छुट्टै प्रदेश माग राखेका सिके राउतले नेपाल सरकार सँग ११ बुदें सहमति गर्दै उहाले मूलधारको राजनीतिमा आएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]