०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

आमाको नामबाट नागरिकता लिन समस्या

Logo
प्रकाशित बिहिबार, कार्तिक २८, २०७६

न्यूज मधेश,महोत्तरी।जलेश्वर नगरपालिका वडा.४ निवासी २० वर्षीय रवि पासवान नेपाली नागरिक हुन् । तर, उनले नेपाली नागरिकता पाउन सकेका छैनन् । नेपालमै जन्मे हुर्केका उनले नेपालमै दश कक्षासम्म पढेका छन् । नागरिकता नबन्दा त्यसमाथि बढ्न मन नलागेको उनको भनाइ छ । नेपालमा रोजगारी नपाएपछि हाल उनी भारतको दिल्लीमा मजदुरी गरेर बसेका छन् ।

रविकी आमासँग नेपालकै वंशज नागरिकता छ । तर, उनका बुबा भने भारतीय नागरिक हुन् । बुबा भारतीय नागरिक भएकाले रविलाई वंशजको नागरिकता दिन नमिल्ने स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले भारतीय नागरिकका सन्तानलाई नागरिकता दिन नमिल्ने बताएपछि उनीहरू निराश छन् । नेपालमै जन्मे हुर्केर पनि नेपाली नागरिकता नपाउने रवि मात्र एक्ला होइनन् । महोत्तरीमा करिब दुई सय यस्ता युवा छन्, जो आमाको नामबाट नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा भौतारिइरहेका छन् ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री रवि पासवानजस्ता आमा नेपाली र बुबा भारतीय हुनेलाई जिल्ला प्रशासन कार्यालयले नागरिकता दिन नसक्ने बताउँछन् ।- नयाँ पत्रीका

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]