०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

पर्साबाट लागुऔषध गाँजासहित एक युवक प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित बिहिबार, कार्तिक २८, २०७६

न्यूज मधेश,पर्सा।नेपालबाट भारत तर्फ लैजाँदै गरेको प्रतिबन्धित लागुऔषध गाँजासहित आज पर्साको पटेर्वासुगौली गाँउपालिकाबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्व सूचनाको आधारमा प्रहरीले गाउँपालिका वडा नं.२ रङ्गपुर चोकबाट १० किलो गाँजासहित सोही गाँउपालिका– ४ निवासी शिवजन्म माझीलाई नियन्त्रणमा लिइएको हो ।

रङ्गपुर चोकमा पैदल हिँडिरहेका माझीमाथि शङ्का लागि चेकजाँच गर्दा उनले बोकेको झोलाबाट १२ वटा पोकामा रहेको दश किलो गाँजा बरामद भएपछि उनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिनुभयो ।

उहाँले बरामद भएको गाँजा र पक्राउ परेका माझीलाई इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा राखी अनुसन्धान अगाडि बढाइएको बताउनुभयो । मकवानपुरबाट जिल्ला भित्र्याइएको गाँजा भारत तर्फ लैजाने क्रममा माझी पक्राउ परेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]