०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

धनुषाका क्राईम प्रहरी नायव निरीक्षक झा उत्कृष्ट प्रहरी घोषित

Logo
प्रकाशित शुक्रबार, कार्तिक २९, २०७६

न्यूज मधेश,जनकपुरधाम।डकैती गरिरहेकै अवस्थामा गोली प्रहार गरी ४ डकैतलाई रंगेहात पक्राउ गरेका प्रहरी नायव निरीक्षक सन्तोष झा सम्मानित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी नायव निरीक्षक झालाई आश्विन महिनाको उत्कृष्ट प्रहरी घोषित गरेर सम्मान गरेको हो । कार्यालयमा आयोजित समारोहबीच प्रहरी प्रमुख एसपी शेखर खनालले प्रहरी नायव निरीक्षक झालाई नगद र कदरपत्रले सम्मान गरेका छन् ।

सशस्त्र प्रहरी गुल्म जनकपुर दरबन्दी भएका प्रहरी नायव निरीक्षक झा हाल जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत छन् । उनले आश्विन ९ गते जनकपुरधाम उपमहानगरपालिका ३ स्थित दिपक बजाज र अनिल अग्रवालले संचालन गरेको जानकी फर्नि्सिङ पसलमा डकैती गरिरहेका चार जना डकैतलाई पक्राउ गर्न सफल भएका थिए ।

डाँका समूहबाट कटुवा पेस्तोल १ थान, सोमा लाग्ने गोली राउण्ड २, ताल्चा काट्ने कटर १ थान, नगद ७ सय र मोवाइल बरामद भएको थियो । हाल उनीहरु प्रहरी हिरासतमा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]