०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

महानगरपालिकाद्वारा सवारी धनिपूर्जा वितरण सुरु

Logo
प्रकाशित शुक्रबार, कार्तिक २९, २०७६

न्यूज मधेश,वीरगन्ज।प्रदेश २मा रहेको एक मात्र महानगरपालिका वीरगन्जले आज देखि तीन पाङ्गे्र सवारी साधनहरुको रुटपरमिट सहितको सवारी धनिपूर्जा वितरण सुर गरेको छ ।

महानगरपालिका भित्र संचालन टेम्पु,इरिक्सा लगायत १सय तीनपाङ्ग्रे सवारी साधनहरुको प्रमाण बितरण गरेको हो ।महानगरपालिकाले आजे देखि बितरण सुरुगरेको सवारी धनी प्रमाण पत्र नगर प्रमुख सवारगीले हस्तारण गर्दै सुरुगर्नुभएको हो ।

महानगपालिकामा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख सरावगीले सवारीधनिलाई पूर्जा हस्तान्त्रण गर्दै चालक अनुमती पत्र नभएका टेम्पु तथा इरिक्सा संचालन गरेको पाइएको सवारी साधननै जपत गर्ने चेतावनी दिनुभयो । संचारकर्मीहरुसंग कुरा गर्दै नगरप्रमुख सरावगीले स्थानिय तह संचालन ऐन २०७४ले प्रदान गरेको अधिकारलाई प्रयोग गर्दै महानगर भित्र संचालन हँुने तीनपाङ्ग्रे सवारी साधनको रुटपरमिट तथा सवारी धनीपूर्जा वितरण थालिएको बताउनुभयो ।

उहाँले महानगरपालिकाले धनिपूर्जा र रुटपरमिट वितरण गर्न थालेपछि नगरक्षेत्रमा हुने सवारी जामको समस्या समेत समाधान हुने बताउनु भयो । वीरगन्ज नगर क्षेत्रमा हुने सवारी जामको मुख्य कारण नै ट्म्पु तथा इरिक्सा रहेकाले कहा कतीलाई अनुमति दिने कार्य योजना तयार भएकाले चाँडै जामको समस्या समाधान हुने नगर प्रमुख सरावगीले दावि गर्नु भयो । महानगरपालिका भित्र हाल २ हजार भन्दा बढी इरिक्सा र टेम्पु संचालित रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]