०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

लाउडस्पिकर ( हरन ) छापमा मोहर लगाएर गुण्डा राज अन्त गरौ: डा.राउत

Logo
प्रकाशित बिहिबार, मंसिर ०५, २०७६

न्यूज मधेश,सर्लाही। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले मधेशवादीको नाउँमा सबै पार्टी भोट लिएर नातावादको राजनीति गरेको बताएका छन् ।

आगामी मँसिर १४ गते हुन लागेको उप चुनाव २०७६ अन्तर्गत भइरहेको निर्वाचनको लागि बुधबार सर्लाहीको हरिपुर्वामा चुनावी सभालाई सम्बोधन गर्दै डा. राउतले नेकपा, राजपा, समाजवादी पार्टी, नेपाली काँग्रेस जस्ता पार्टीहरु नातावाद र जातीवादमै सिमित भएको बताएका छन् ।

सर्लाहीको हरिपुर्वा नगरपालिकाको वडा नं. १ मा हुने उपचुनावमा आफ्नो उम्मेदवार खडा गर्दै डा. राउतले यतिको पार्टीलाई आजमाएर हेरेपनि यसपाली जनमत पार्टी उपर विश्वास गर्न आग्रह गरे ।

वैज्ञानिक समेत रहेका डा. सिके राउतले जनमत पार्टीसँग उचीत सिद्धान्त र मधेश विकासको मुख्य एजेन्डा पहिलदेखि नै राखेको बताउँदै आगामी मँसिर १४ गते हुने चुनावमा लाउडस्पीकर (हरन) छापमा मतदान गर्न पनि आग्रह गरे । हरिपुर्वा नगर पालिका वडा नं १ का वडाध्यक्षको मृत्यु भएपछी त्यहाँ पनि उपचुनाव हुने भएको छ । जनमत पार्टीबाट दिनेश कुमार यादवले उम्मेदवारी दिएका छन् ।
उप निर्वाचनमा वडाध्यक्ष पदका लागि दुई स्वतन्त्र गरि सात जनाले उमेदबारी दिएका छन। सात जनाको उम्मेदबारी भएपनि त्यहाँ त्रीपक्षिय भिडन्त रहेको छ। समाजबादी पार्टी, राजपा नेपाल र नेकपा बिच त्रीपक्षिय भिडन्त हुन लागेको छ। आ– आफ्नो पक्षमा मतदान र पार्टी जिताउन केन्द्रीय स्तरका नेताहरु समेत भोट माग्दै हिडेको देखिएको छ ।

भोट माग्ने क्रममा जनमत पार्टी बाट चुनावमा उम्मेदबारी दिएका दिनेश कुमार यादवलाइ जिताउन बुधबार हरिपुर्वामा चुनाबी साभा गरिएको छ। चुनाबी सभालाई सम्बोधन गर्दै डा. राउतले ठेकेदारी र छोटे राजाहरुको अवसरवादी सोंच र राज अन्त्य गरी स्वराज ल्याउनुपर्ने बताए । “स्वराज ल्याउन जनमत पार्टीको लाउडस्पीकर छापमा मतदान गर्न सबैसँग आग्रह गर्दछु ।”न्यूज ब्युरो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]