०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

तिलाठी काेइलाडीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शुक्रबार, मंसिर ०६, २०७६

न्यूज मधेश,राजविराज।सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम बिहिवार समपन्न गरिएको छ ।

गाउँपालिका प्रमुख सतिश कुमार सिंहको प्रमुख आतिथ्य तथा वडा नम्बर ३ को अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा वडा नम्बर ३ रामजानकि हटिया स्थित कार्यक्रम आयोजना गरिएको हो ।

विभिन्न वडामा सञ्चालित विकासिय योजनाहरु सम्पन्न भएको वडा अध्यक्षहरुले जानकारी दिए ।
कार्यक्रममा सहभागी भएको स्थानियवासिहरुले विभिन्न कार्यप्रति प्रशंसा गरेको थिए भने केहिले गुनासो पनि गरे । कार्यक्रममा सहभागी घुरनी देवी, जिवछलाल मण्डललगायतले खाँडो र जिता नदिमा झोलुङ्गे पुल निर्माण गर्न आग्रह गरे ।

यसै गरी वडा नम्बर २ लौनियाँमा कृषी सडक निर्माण गर्नका लागी हरिदेव खंगले समेत आग्र्रह गरेका थिए । उग्रकान्त झा, दुखन खंग, हनुमान मुखिया, रामचन्द्र ठाकुर, ननुलाल मण्डल, सुनिता साह, उमेश राय, रविराज रजक, दामोदर मुखियासमेतका व्यक्तिहरुले कृषि, सडक, बिजुली, शिक्षा, स्वास्थ्य, बाढीलगायतका समस्याप्रति जनप्रतिनिधिहरुलाई ध्यानार्षण गराए । विभिन्न समस्याहरु प्रति आफु पहल गरिरहेको गाउँपालिका प्रमुख सतिश कुमार सिंहले बताए ।

उनले तिन पाङग्रे गाडी अावत जावत गर्न सक्ने झोलुङ्गे पुल खाँडो नदिमा चाँडै निर्माण गर्ने प्रतिबद्धता समेत जनाए । गाउँपालिकामा भ्रष्टाचार भएको अफवाहमा नलाग्न अध्यक्ष सिंहले बताए । वडा नम्बर २ का अध्यक्ष खगेन्द्र मण्डल, वडा नम्बर ५ का निमित्त अध्यक्ष सुर्यनरायण रजक, वडा नम्बर ७ का अध्यक्ष दिनेश सिंह, वडा नम्बर ४ का अध्यक्ष गाेपी मण्डल, बाेर्ड सदस्य दामोदर मुखियालगायतले एकजुट भएर विकासिय काममा अगाडि बढनु पर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]