०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

जनकपुरका ५ वडा अध्यक्षको गुठी जग्गा हत्याउने योजना प्रकरण:वडा कार्यालयको सिफारिस नै गायब

Logo
प्रकाशित मंगलबार, मंसिर १०, २०७६

न्यूज मधेश,जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाका पाँच वटा वडा अध्यक्षको जानकी गुठिको जग्गा हत्याउने योजना प्रकरणमा नयाँ तथ्य फेला परेको छ ।

भूमाफियाहरुले आफुहरुले उक्त जग्गा किनेको र वडा कार्यालयबाट सिफारिस लिएको दावी गरिरहँदा सिफारिस सहित आवश्यक कागजातको प्रतिलिपि खोजतलास गर्न यूथ एक्शन फोर्स जनकपुरले वडा कार्यालयमा पुग्दा सिफारिस सहित अन्य कुनै प्रमाण दिन नसक्दा नयाँ तथ्य बाहिरिएको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं.१सिट नं.१३५६.१६किता नंं. २१ को ४ कट्ठा जग्गा उनीहरुले ब्यक्ति भोगचलनका लागि हत्याउन लागेपछि यूवाहरु स्वस्पूmर्त रुपमा गुठीको जग्गा विक्रिवितरण तथा अतिक्रमण विरुद्ध चरणबद्ध संघर्षमा उत्रेको यूथ एक्शन फोर्स, जनकपुरका अध्यक्ष यूवा नेता प्रशान्त झाले जानकारी दिए ।

उक्त जग्गा सम्बन्धमा वडा नं.१ का सचिव प्रमान्द झालाई आईतरबार नै सिफारिस सहित भूमाफियाहरुले भन्दै आएको कागजातको प्रतिलिपि उपलब्ध गराउन निवेदन दिएका थिए । वडा सचिव झाले सोमबार मात्र प्रतिलिपि उपबध गराउने भनेका थिए । यद्यपी भूमाफियाको ईसारामा सचिव झाले आवश्यक कागजात उपलब्ध नगराएपछि युवाहरु आक्रोशित हुंदै कार्यालयमा तालाबन्दी गर्न खोजेका थिए ।

त्यसपश्चता वडा अध्यक्ष शत्रुधन साहको सहमतिमा मंगलबार आवश्यक कागजात उपलब्ध गराउने लिखित सहमति भएको यूथ एक्शन फोर्स जनकपुरका अध्यक्ष प्रशान्त झाले जानकारी दिए ।

जनकपुरधाम वडा नं.११ का वडा अध्यक्ष रामचन्द्र साहका छोरा प्रकाश कुमार साह (पप्पु) को नाउमा २०७३ साल बैशाख १६ गतेका बैनाबट्टाको कागजात तयार गरेर उक्त जग्गा हत्याउन लागेको युवाहरुको दावी छ । आफुले किनमेल गरेर काम अगाडि बढाएको पप्पु साहले बताएपनि गुठी, नापी तथा मालपोत कार्याल सहित यथेष्ट प्रमाण जुटाउन सकेको देखिएको छैन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]