न्यूज मधेश,जनकपुरधाम।जनकपुरमा हार्षोल्लासपूर्वक आज राम जानकी विवाहपञ्चमी महोत्सव मनइँदै छ ।
विवाहोत्सवमा सहभागी हुन नेपाल तथा भारतबाट आएका तिर्थालु तथा भक्तजनहरुले जनकपुर भरिभराउ देखिएको छ । विवाहोत्सव अन्तर्गत आज हुने प्रमुख समारोहमा तिर्थालुहरुले जनकपुर खचाखच भरिएको हो । विवाहोत्सवमा सहभागी हुन भारत तथा नेपालका विभिन्न स्थानबाट तिर्थालुहरु जनकपुर पुगेका छन् ।
विशेषतः विवाहोत्सव हुने प्रमुख स्थान जानकी मन्दिर र रंगभूमि क्षेत्रमा ठुलो संख्यामा तिर्थालुहरुको भिड लागेको छ ।