०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

१०८ जोडीको सामूहिक आदर्श विवाह सम्पन्न,नव विवाहित जोडीलाई मुख्यमन्त्री राउतको शुभकामना

Logo
प्रकाशित सोमबार, मंसिर १६, २०७६

न्यूज मधेश,जनकपुरधाम।प्रदेश सरकार, विश्व हिन्दु परिषद र ऐतिहासिक मणिमण्डप संरक्षण समितिको संयुक्त आयोजनामा आज जनकपुरमा एक सय आठ जोडीको सामूहिक आदर्श विवाह सम्पन्न भएको छ ।

मुख्यमन्त्री बेटी पढाउ ,बेटी बचाउ कार्यक्रमको एउटा अंगको रुपमा सम्पन्न भएको उक्त सामूहिक आदर्श विवाह कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले यस्ता सामूहिक आदर्श विवाहले समाजमा सकारात्मक सन्देश जाने बताउनु भयो ।

उहाँले नवविवाहित जोडीलाई सम्मान पत्र प्रदान गर्दै समाजमा नयाँ शोचको विकास हुने र प्रदेशको कुनै पनि स्थानमा हुने यस्ता आदर्श सामूहिक विवाह कार्यक्रममा प्रदेश सरकार खुलेर सहयोग गर्ने समेत बताउनु भयो ।
नवविवाहित जोडीको आमा बुवाको खुलेर प्रसंशा गनुृ हुँदै मुख्यमन्त्री राउतले यस्ता कार्यक्रमले समाजको अभिशापको रुपमा रहेको दहेज प्रथा अन्त गर्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]