०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

आज कलैयामा गढीमाई मेलाकाे अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

Logo
प्रकाशित सोमबार, मंसिर १६, २०७६

न्यूज मधेश,वीरगंज।भोलन्टियर समूह बिरगंजको समन्वय एवं एनिमल ईकुवालिटीको आयोजनामा गढिमाइ मेलाको अवसरमा आज कलैयामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कलैया स्थित देवकी धर्मशालामा भएको रक्तदान कार्यक्रममा भोलन्टियर वीरगंजका संयोजक राजन श्रीवास्तव, महासचिव श्याम सरार्फ, कमलेस कुश्वाहा, दयाशंकर सरार्फ(राज), भगवती सिग्देल, सुजित पटेल गरि २ महिला सहित १७ जनाले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रमको समन्यव एंव सहकार्य किसन सरार्फले गरेका थिए भने रक्तसञ्चार केन्द्रका जितेन्द्र कुशवाहाको टोलिले प्राबिधिक सहयोग गरेका थिए ।

कार्यक्रममा ब्लड डोनर्स एसोसिएसन नेपाल पर्साका सचिव अरबिन्द सिह, समाजसेवी सन्जय अग्रवाल, बिक्की सरार्फ, उमेस गुप्ता, अमेय देशमुख, मनिस यादव, राम रहिम संस्थाका प्रतिनिधि, संचारकर्मि लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]