०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

महोत्तरीमा लागुऔषध सहित २ जनालाई प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित बुधबार, मंसिर १८, २०७६

न्यूज मधेश,महोत्तरी,१८मंसिर। महोत्तरीमा लागुऔषधसहित दुईजनालाई प्रहरीको नियन्त्रणमा लिएको छ।

बुधबार बिहान ज १२ प ८३४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका महोत्तरीको एकडारा गाउँपालिका वडा नं.३ का पप्पु मण्डल र रोशन कुमारलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

प्रहरीले मण्डलको साथबाट प्रोमेथाजिन इन्जेक्सन ९८ पिस, बुप्रेनोरफिन ईन्जेक्सन सय पिस, डाईजिपाम ईन्जेक्सन सय पिस र इन्ट्राजेपाम ट्यावलेट नौ सय पिस बरामद गरेको छ । त्यस्तै कुमारको साथबाट दुई हजार ५८ रुपैयाँ र एक मोबाईल बरामद गरेको छ ।

पक्राउ परेका माथि प्रहरीले लागुऔषध सम्बन्धि मुद्दा चलाउने प्रकृया सुरु गरेको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जानकारी दिएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]