०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

आइसिपीको जग्गा विवादलाई लिएर स्थानीयद्वारा आन्दोलन

Logo
प्रकाशित शुक्रबार, मंसिर २०, २०७६

संतोष रन्जितकार
वीरगंज,२० मंसिर।बिगतका दिन देखि विवाद चल्दै आएको वीरगंज को क्ष्ऋए जग्गा विवादलाई लिएर स्थानीयले आन्दोलन सुरु गरेका छन् ।

स्थानीयहरुले सुक्खा बन्दरगाह अगाडी वीरगंज पोखरिया सडक अवरुद्ध गरी बिहिवार विहान ११ बजेदेखि देखी १ः३० बजेसम्म टायर बालेर प्रदर्शन गरेका हुन् । बन्दरगाह र एकीकृत जाँचचौकी बीचको रोक्का राखिएको ६२ बिघा जग्गाको फुकुवा गर्नु पर्ने अथवा उचित मुआब्जा दिनु पर्ने माग राख्दै स्थानिय जग्गा धनीले प्रदर्शन गरेका थिए ।

वीरगंज ड्राइपोर्ट बस्ती अतिक्रमण विरुद्धको संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनका कारण लामो तथा सानो दुरीको चल्ने सम्पूर्ण सवारी साधनहरु २ घण्टासम्म अवरुद्ध भएको थियो । सो क्षेत्रको प्रति कठ्ठा जग्गाको न्यूनतम २४ लाख देखि अधिकतम ६७ लाख रुपैयाँ सम्म मुआब्जा दिने निर्णय सार्वजनिक भएपछि संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषण गर्दै बाटो नै अवरुद्ध गरी प्रदर्शनमा उत्रेको हो । रोक्का राखिएको जग्गा प्रति धुर ५ लाख देखी १५ लाख सम्म बिक्री हुने गरे तापनि प्रति कठ्ठा २४ लाख देखी ६७ लाख सम्म मुअब्जा दने निर्णय आफुहरुलाई मान्य नभएको संघर्ष समितिका संयोजक अमिका प्रसाद पटेलले बताए । उनले भने हामी पहिला देखी नै रोक्का राखिएको जग्गा फुकुवाको मांग राख्दै आन्दोलन गर्दै आएका थियौं तर एक्कासी हामीलाई थाहै नदिईकन मुअब्जा निर्धारण गरिएको संचार माध्यमबाट थाहा पाएपछि हामी थप आन्दोलनको कार्यक्रमलाई अगाडी बढाएका हौं, उचित मुआब्जाको निकास वा पुनर्वासको व्यवस्था नभएसम्म हाम्रो आन्दोलन जारी रहनेछ ।

आज शुक्रबार फेरी ११ बजे देखी २ बजे सम्म सडक अवरोध गर्ने संघर्ष समितिको आन्दोलनको कार्यक्रम रहेको छ । रोक्का राखिएको जग्गामा २ सय ९७ वटा घरहरु पनि रहेको संघर्ष समितिले जनाएको छ । सो जग्गामा बन्दरगाह बिस्तार गर्ने नेपाल सरकारको योजना रहेको छ ।

तीन वर्षदेखि रोक्का राखिएको जग्गा फुकुवा तथा मुआब्जा वितरण हुन नसक्दा गाउँलेहरूले घरजग्गाको कारोबार तथा वित्तीय कारोबार समेत गर्नपाएका छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]