०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

महिला डाक्टर जलाइएको अभियुक्तमा पक्राउ परेका चार युवकलाई प्रहरीले इन्काउन्ट गरे

Logo
प्रकाशित शुक्रबार, मंसिर २०, २०७६

एजेन्सी, २० मंसिर । भारतको हैदरावादमा महिला चिकित्सकलाई जलाईएको घटनामा संग्लन चारजना अभियुक्तलाई भारतीय प्रहरीले इन्काउन्टर गरेको छ।

कुख्यात बलात्कार काण्डमा समातिएका चार जना अभियुक्तहरुलाई बुधबार प्रहरी हिरासतमै राखिएको थियो । तर बिहबार राति महिला चिकित्सक जलाइएकै स्थानमा लगेर उनीहरुलाई इन्काउन्टर गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हैदराबाददेखि करिब ५० किलोमिटर टाढा पर्ने महबूब नगरस्थित चटनपल्ली गाउँमा बलात्कार एवं हत्यामा संलग्न अभियुक्तहरुलाई तेलङ्गना प्रहरीले गोली ठोकेको हो ।आफुहरुमाथि नै आक्रमण प्रयास गरेपछि प्रतिकार गर्दा अभियुक्तहरु मारिएको प्रहरीले दाबी गरेको छ ।

२८ नोभेम्बरका दिन हैदराबादमा जलाएर हत्या गरिएको अवस्थामा २६ वर्षीय महिला चिकित्सकको शव बरामद गरिएको थियो। अनुसन्धानका क्रममा ती महिलामाथि बलात्कार समेत भएको पत्ता लागेको थियो ।
यो घटनापश्चात संदिग्धहरुलाई गिरफ्तार गरी १४ दिनसम्म न्यायिक हिरासतमा राखिएको थियो । न्यायिक हिरासतबाट बुझाएलगत्तै प्रहरीले चारै जनालाई इन्काउन्टरमा मारिदिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]