०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

महोत्तरीमा लोडेर पेस्तोल सहित ५ राउन्ड गोलि बरामद

Logo
प्रकाशित शुक्रबार, मंसिर २०, २०७६

नविन चौधरी
जलेश्वर ,२० मंसिर । महोत्तरीमा एक थान लोडेड पेस्तोल बरामद भएको छ । सशस्त्र प्रहरी विओपी जलेश्वरबाट खटिएको गस्ती टोलीले जिल्लाको जलेश्वर नगरपालिका वार्ड नं ६ धबौलीबाट एक थान पेस्तोल, त्यसमा प्रयोग हुने ५ राउण्ड गोली र एउटा म्यागजिन बरामद गरेको हो ।

इन्डियन ओरनान्स कम्पनीबाट २००५ सालमा बनेको ७.६५ एमएम पेस्तोल फेला परेको हो ।
बरामद भएको पेस्तोल गोली र म्यागजिन आवश्वयक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुमmाउँने तयारी भइरहेको शस्त्र प्रहरी नं ९ गणका गणपति निरकृष्ण अधिकारीले जानकारी दिए ।

यसअघि हिजो बिहीबार जलेश्वर ६ धवौलीमा प्रहरीले बेबारिशे शव बरामद समेत गरेको थियो । नाम ठेगाना खुल्न नसकेको करिब ३२ बर्षिय युवकको शव बरामद भएको थियो । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ । जिल्लामा अपराधिक घटना भइरहेपनि प्रहरीको फितलो अनुसन्धानका कारण अपराधिहरु कानुनी दायरमा आउन सकेका छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]