०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

सप्तरीमा भन्सार छलिका विभिन्न अबैध समानहरु बरामद

Logo
प्रकाशित शनिबार, मंसिर २१, २०७६

न्यूजमधेश समाचारदाता
राजविराज, २१ मंसिर । सप्तरीको बादेवर्साइन वडा नं.७ फुलहारा स्थितबाट बेबारिसे अबस्थामा अवैध भन्सार छली चोरी पैठारी सरसमानहरु बरामद गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कडरबोनाको एरिया ईलाका अन्तर्गत जिल्लाको बादेवर्साइन वडा नं.७ फुलहारा स्थितबाट बेबारिसे अबस्थामा अवैध भन्सार छली चोरी पैठारी गरी ल्याईएको समानहरु बरामद बिहिवार गरेको हो ।

ईलाका प्रहरी कार्यालय कडरबोनाको अनुसार टोपी, अण्डर वेयर, लेडिज ज्याकेट, ट्राउजर जम्मा चालिस हजार छ सय , बलाङ्केटको खोल, कुर्ता सुरवाल सेट, लेडिज ज्याकेट, ट्राउजर जम्मा तेईस हजार पाँच सय पचास,मामा श्री रक्सी २२० पिस अं.मुल्य जम्मा चार हजार चार सय र अनार २१० किलो ग्राम जम्मा बयालिस हजार बराबरको सामानहरु फेला पारी बरामद गरेका छ्न ।

यसैगरी उक्त बरामद गरेको समानहरुलाई आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालय तिलाठी कोईलाडी सप्तरीमा पठाईएको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]