०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

सिरहामा ५ लाख २९ हजार भारतिय रकम र एक कार सहित ४ जना पक्राउ

Logo
प्रकाशित शनिबार, मंसिर २१, २०७६

राजेन्द्र महतो
लहान, २१ मंसिर।सिरहाको भगवानपुर गाउँपालिका १ भगवानपुरचौक स्थित भारतबाट नेपाल तर्फ भारतीय रुपैयाँ ५ लाख२९ हजार र नेपाली रुपैया ४९ हजार ल्याउदै गरेका कारसहित ४ जनालाई सिरहा प्रहरीले पक्राउ गरेका छन।

बिशेश सूचना को आधार मा ईलाका प्रहरी कार्यालय लहान , सिरहा बाट खटिएको प्रहरी टोलिले भारतको लौकाहा बाट आउँदै गरेको WB06f 7232नम्बरको FIAT CAR लाई रोकि चेकजाच गर्दा सिरहाको कर्जन्हा नगरपालिका वडा नं.९ को ३२ वर्षीय उमेश कुमार महरा , सिरहा लहान नगरपालिका वडा नं.१९ को २९ वर्षीय जिवछ कुमार साह ,लहान नगरपालिका वडा नं.२०को ४० वर्षीय श्रीदेव महतो श्रवण कुमार चौधरी र सुनसरी रामधुनी नगरपालिका वडा नं.९ को ३९ वर्षीय श्रवण कुमार चौधरीको साथबाट भारतीय रुपैया ५ लाख २९ हजार र नेपाली रुपैया ४९ हजार प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका चारै जनालाई भारतीय रुपैया रु ५ लाख २९ हजार र नेपाली रुपैया ४९ हजार र कारसहित आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय ईटहरीमा पठाउने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय लहान सिराहाका प्रमुख तथा डिएसपि भेस राज रिजालले बताएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]