०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

जनमत पार्टीको संगठन विस्तार

Logo
प्रकाशित शनिबार, मंसिर २१, २०७६

न्यूज मधेश समाचारदाता
जनकपुरधाम,२१ मंसिर। डा सीके राउत नेतृत्वको जनमत पार्टी धनुषामा दुईवटा वडा स्तरीय समिति शनिबार विस्तार गरिएको छ।

धनुषाको मिथिला नगरपालिका वडा नं.६ मा बलराम महतोको अध्यक्षतामा ७ सदस्यीय वडा समिति गठन गरिएको जनमत पार्टी धनुषाका क्षेत्र नं.४ का क्षेत्रीय उपध्यक्ष ओम बिक्रम कुशवाहाले जानकारी दिएको छ।

नेता कुशवाहाले भने मिथिला नगरपालिका वडा नं.७ मा राजकुमार महतोको अध्यक्षतामा १२ सदस्यीय समितिपनि गठन भएको हो।

संगठन विस्तार कार्यक्रममा जनमत पार्टी धनुषाका मिथिला नगरपालिका नगर अध्यक्ष अभिमन्यू प्रसाद महतो ,युवा नेता राजेश साहको समेत उपस्तिथि रहेको कुशवाहाले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]