०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

रौतहटमा ११ लाखको कपडा बरामद

Logo
प्रकाशित शनिबार, मंसिर २१, २०७६

संजय सहनी
रौतहट , २१ मंसिर।भन्सार छलेर भारत बाट नेपाल भित्राइएको ११ लाख भन्दा बढीको लताकपडा सशस्त्र प्रहरी बल रौतहटले बरामद गरेको छ ।

रौतहटको राजदेवी नगरपालिका ६ सेढवामा भारतीय सिमाक्षेत्र बाट तस्करी गरेर ल्याउदै गरेको लताकपडाहरु सशस्त्र प्रहरी बल नेपालको विओपी बेलबिछवाले नियन्त्रणमा लिएको हो ।

दुई वटा गाडीमा राखेर नेपाल तर्फ चोरी तस्करी गर्दै ल्याइ रहेको अवश्थामा सामान सहतिको गाडी नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागी भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरी बल ११ नम्बर गणले जनाएको छ ।

कार्तिक महिनामा मात्रै अवैध रुपमा चोरी निकासी भएर आएको ५१ लाख भन्दा बढीको सामानहरु भन्सार कार्यालयमा बुझाएको ११ नम्बर गण हेड क्वाटरका प्रहरी उपरिक्षक रविनराज कर्णजितले बताए ।

यहि वर्षको श्रावण देखी हाल सम्म सशस्त्र प्रहरीले १ करोड ७५ लाख भन्दा बढीको सामान भन्सार बुझाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]