०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

मोडल पुष्पाले दर्शकलाई बनाइन भावुक

Logo
प्रकाशित आइतबार, मंसिर २२, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम, २२ मंसिर। जनकपुरको तिरहुतिया गाछीमा शनिवार भएको प्रादेशिक संगीत यात्रामा दर्शकहरु रमाइरहेका थिए ।

विभिन्न गित तथा नृत्यले दर्शकहरु झुमिरेहका थिए ।
त्यसैबेला मोडल पुष्पा यादबले एकल नाटक मंचन गरेपछि दर्शकहरु भावुक भए । खुसी देखिएका दर्शकहरुको अनुहार मलिन बन्यो । अहिले पनि मधेसमा कमै उमेरमा छोरीको विहे हुन्छ र दाइजोका कारण जिउदै जलाउने गरेको विषयवस्तु समेटिएको एकल नाटक मोडल पुष्पाले प्रस्तुत गरिन् ।

उनले एक्लै आमा, ससुरा, छोरी र पतिको भुमिका निर्वाह गरिन् । उनको नाटकमा जब आगोमा जलिरहेको दृष्य देखाइयो अनी सबै दर्शक भावुक भए । उनको प्रस्तुतीपछि पुनः मनोरञ्जनका कार्यक्रम सुरु भयो । भोजपुरी, हिन्दी र मैथिली गित तथा नृत्य देखाएर कलाकारहरुले दर्शकलाई झुमाए ।
कार्यक्रम हेर्न टिकटको व्यवस्था गरिएपनि सयौं दर्शक थिए । कार्यक्रमको अन्त्यतीर भोजपुरी सुपरस्टार नायिका रानी चटर्जीले समेत नृत्य र गित गाएपछि दर्शकहरु उत्साहित बनेका थिए ।-जनकपुर टुडे

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]