०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

कार्यालयकाे भित्तामा स्लोगन टासेर भ्रष्टाचार नियन्त्रण हुँदैन : मुख्यमन्त्री राउत

Logo
प्रकाशित सोमबार, मंसिर २३, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम , २३ मंसिर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कार्यालय को भित्तामा भ्रस्टाचार बिरोधी स्लोगन टांसेर मात्र भ्रस्टाचार उल्मुलन हुन नसक्ने बताउनु भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास कार्यालयले भ्रष्टाचार विरुद्ध को अन्तर्राष्ट्रिय दिबसको अवसरमा महोत्तरी को बर्दिवासमा आयोजना गरेको कार्यक्रम लाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले सो कुरा बताउनु भएको हो ।

भ्रस्टाचार नियन्त्रण को लागी अन्तरआत्मा देखिनै तयार हुन सबैलाई आग्रह गर्नु हुँदै मुख्यमन्त्री राउतले रास्ट्रसेवक कर्मचारीलाई इमान्दार हुनु पर्ने बताउनु भयो ।
उहाँले कर्मचारिले बाटो नबनाए सम्म नेताले भ्रस्टाचार गर्नै नसक्ने दाबी समेत गर्नु भयो । समाजिक अवस्थाले समेत भ्रष्टाचार लाई प्रोत्साहन गरेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले भ्रस्टाचारि लाई तिरस्कार गरिने वातावरण बनाउनु पर्ने बताउनु भयो । समाजले भ्रस्टाचारीलाई तिरस्कार गर्न सुरु गरे आजै बाट भ्रष्टाचार उन्मुलन हुने उहाँले दाबी समेत गर्नु भयो ।
अख्तियार बर्दिबासका प्रमुख नारायण प्रसाद सापकोटाको अध्यक्षता मा भएको कार्यक्रममा प्रदेश प्रमुख तिलक परियार, प्रदेश सरकारका मन्त्रीहरु जितेन्द्र सोनल,विजय कु यादव ,ज्ञानेन्द्र यादव, नवल किशोर साह, राम नरेश राय, राज्यमन्त्री डिम्पल झा, सुरेश मण्डल, उषा यादव, प्रमुख सचिव रामकृष्ण सुबेदी, मन्त्रालय क सचिव हरु, सुरक्षा निकायका प्रमुख , बिभिन्न कार्यालय का प्रमुख हरु,नागरिक समाज सहित को उपस्थिति रहेकोे थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]