०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

जनकपुरमा : ७१ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस प्रभात फेरी मनायो

Logo
प्रकाशित मंगलबार, मंसिर २४, २०७६

दिपेन्द्र प्रसाद सिंह

जनकपुरधाम,२४ मंसिर। ७१ औं अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरको आज जनकपुरमा वृहत्त प्रभातफेरि कार्यक्रम गरिएको छ ।

जनकपुरधामको जानकी मंदिरबाट विहान ७ बजे इन्सेक प्रदेश २, राष्ट्रिय मानवअधिकार आयोगको प्रादेशिक कार्यालय जनकपुर, मुख्यन्यायधिवक्ताको कार्यालय प्रदेश २, ओरेक नेपाल, महिला मानव अधिकार संजाल, जिल्ला महिला अधिकार सरोकार समुह, एडभोकेसी फोरम नेपाल, थर्ड एलान्यसलगायतको मानवअधिकारको क्षेत्रमा कार्यरत दर्जनौ संघ संस्थाको अगुवाईमा बृहत प्रभातफेरि गरिएको छ ।

जनकपुरको जानकी मंदिरबाट सुरु भएको प्रभातफेरि जनकचोक, शिवचौक, भानुचोक हुदै स्टेशनचोकमा गएर कोणसभामा परिणत भएको थियो । प्रभातफेरिमा प्यावसन धनुषा, एन प्यावसन धनुषा, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको समेत सहभागिता रहेको थियो ।

कोणसभामा बोल्दै उच्च अदालत जनकपुरका बरिष्ठ न्यायधिश वावुराम रेग्मीले विश्वभरमा महिला र बालबालिकाहरुको अवस्था मानवअधिकारको हिसावले नाजुक भएकाले उहाँको हक र अधिकारलाई ख्याल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । संसारका सवै मानव एक हुन् र सवैलाई समान व्यवहार गर्नुपर्ने हुन्छ भन्दै यो नै मानवअधिकार हो बताउनुभएको छ । हामीले कुनै पनि काम गर्दा सदैव मानवअधिकारको उल्लघन भयो कि भन्ने हिसावले सचेत हुदै मानवअधिकारको रक्षा गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो ।

कोणसभामा बोल्दै प्रदेश २ का सांसद रामअशिष यादवले मानवअधिकारको हनन् हुने देश द्धन्द्धमा फस्छ र द्धन्द्धमा फसेका देशले आर्थिक प्रगति र समृद्धितर्फ उन्मुख हुन नसक्ने भएकाले गर्दा यसप्रति हामी सवै मानव सचेत हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

हामी सवै मानवअधिकारकर्मीहरु मानवअधिकारको रक्षक हौ भनेर संकल्प लिएर अगाडी बढ्न सकेको खण्डमा देश र जनताहरुको भविष्य सुखद हुने बताउनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]