०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

मानवअधिकारको कार्यक्रममा लगिएको पानीको जारमा किरा

Logo
प्रकाशित मंगलबार, मंसिर २४, २०७६

जनकपुरधाम ,२४ मंसिर ।होटल राजदरबारमा खानका लागि राखिएको पानीको जारमा किरा भेटिएको छ। विभा बिभरेज्स प्रालिद्वारा उत्पादित भोडा पानीको जारमा किरा भेटिएको हो।

होटलमा मानव अधिकारसम्बन्धी कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रमकै सहभागिका लागि राखिएको पानीको जारमा किरा भेटिएको हो। पानी खानका लागि ग्लासमा निकाल्दा किरा भेटिएको कार्यक्रमका सहभागी कुलदीप साहले जानकारी दिए। उनले होटल संचालकलाई भनेपछि बाहिरबाट ल्याउँछु भनेर पन्छिन खाजेको समेत बताए।

किरा भेटिएको पानीको जारमा ३ महिनासम्म प्रयोग गर्न सकिने उल्लेख छ। तर, बनेको मिति भने उल्लेख गरिएको छैन। अचम्म त के भने उक्त जारमा ‘प्रत्येक बुँदमा शुद्धता’ लेखिएको छ। मानव अधिकारसम्बन्धी कार्यक्रममै खानका लागि राखिएको पानीमा किरा भेट्नु गम्भीर विषय भएको एक सहभागीले बताए।

विभा बिभरेज्स प्रालिका प्रोपराइटर रानो कर्णले पानीको जार अन्य कम्पनीले पनि लगेर पानी प्याक गरी बेच्ने गरेको भन्दै पन्छिन खाजेका छन्। उनले भने, ‘भोडा जार मेरो हो। तर, किरा भेटेको पानी अन्य कम्पनीले पनि प्याक गरी बेचेको हुनसक्छ।’

एउटा कम्पनीको जारमा अन्य कम्पनीले पानी बेच्ने गलत हो भन्दै उनले प्रशासनलाई दोषी देखाए। उनले प्रशासनले अनुगमन नगर्दा पानी कम्पनीहरूले लापरबाही गर्ने बताए। तर, उनले आफू स्वयं पनि अन्य कम्पनीको जारमा पानी प्याक गरेर बिक्री गर्ने गरेको स्वीकारे। साभार: थाहखबर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]