०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

मानव अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री राउत

Logo
प्रकाशित मंगलबार, मंसिर २४, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम, २४ मंसिर। मुख्यमन्त्री लालबाबु राउतले संविधान र कानूनले प्रदत गरेको मानव अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ।

७१ औ अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा आज जनकपुरमा आयोजित विशेष समारोहमा मुख्यमन्त्री राउतले मानव अधिकारको संरक्षणमा प्रदेश सरकार अग्र स्थानमा रहने प्रतिबद्धता जनाउनु भएको हो ।

कुनै पनि व्यक्तिले आफनो मानवअधिकारको कुरा गर्दा अरुको अधिकारको संरक्षणका साथै आफनो कर्तव्य पालना समेत गर्नु पर्ने उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले सबै व्यक्ति र सरोकारबला निकायहरुलाई सचेत हुनु पर्ने बताउनु भयो ।
मानव अधिकार संरक्षणको लागि सबै जनालाई सचेत र गम्भीर हुँदै आ–आफनो स्तरबाट सहयोग गन आग्रह समेत उहाँले गर्नु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं.२को प्रमुख विरबहादुर वुढामगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख सचिव रामकृष्ण सुवेदी, प्रमुख जिल्ला अधिकारी प्रदीप राज कणेल, मानवअधिकार महामेलाका संयोजक धिरेन्द्र बहादुर सिंह सहितका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]