०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

वयोधा अस्पतालले जिम्मेवारीपूर्वक बिरामीहरुको उपचार गर्ने गरेको हो: डा. झा

Logo
प्रकाशित बिहिबार, मंसिर २६, २०७६

सन्तोष रन्जितकार
वीरगंज, २६ मंसिर।वीरगंज गण्डकस्थित रहेको नारायणी वयोधा अस्पतालले स्थापित समयदेखि नै बारा र पर्साका इन्डष्ट्रिज करिडोरको नजिकमा रहेको हुंदा इन्डष्ट्रिजहरुमा भएको विभिन्न किसिमको दुर्घटनामा परी घाइते भएकाहरु तथा सवारी दुर्घटनामा परी घाइते भएकाहरुको सफल उपचार गर्ने गरेको छ ।

बारा पर्साका कारखाना तथा सडक दुर्घटनामा परेका घाइतेहरुलाई अन्यत्र रेफर नगरी आफ्नै अस्पतालमा सम्पूर्ण जिम्मेवारी लिएर उपचार गर्ने गरेको र अस्पतालको उपचार खर्च समेत अरु प्राइभेट अस्पतालको तुलनामा रहेको तथा कम खर्चमै सफल उपचार हुने गरेको अस्पतालमा उपचारार्थ रहेका एक बिरामीले जानकारी दिए ।

अस्पतालमा उपचार गराउन आएका बिरामीहरु सन्तुष्टिपूर्वक नै घर फर्कने गरेको अस्पतालका सर्जन डा. रन्जन कुमार झाले जानकारी दिनुभएको छ ।
उक्त अस्पतालमा विभिन्न किसिमको ठुलो भन्दा ठुलो शल्यक्रियाहरु समेत गरेर बिरामीहरुको ज्यान जोगाउन सफल भएको सर्जन डा. झाको भनाई रहेको थियो ।

सर्जन डा. झाले महिनामा १५ देखि २५ वटा विभिन्न किसिमका शल्यक्रियाहरु सफलतापूर्वर्क गर्दै आइरहेको बताए ।अस्पतालले विभिन्न समयमा संघसंस्थाहरुसंग आवद्ध भएर सामाजिक कार्यहरु समेत गरिरहेको र अगाडी पनि गरिरहने उनले बताउनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]