०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

बमकाण्डमा मृत्यु भएको परिवारलाई क्षतिपूर्ति दिन औषधि व्यवसायीको माग

Logo
प्रकाशित मंगलबार, पुष ०१, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम, १ पुस।धनुषाको महेन्द्रनगर बमकाण्डमा मृत्यु भएको परिवारलाई २५ लाखको दरले क्षतिपूर्ति उपलब्ध गराउन नेपाल औषधि व्यवसायी संघ धनुषाले माग गरेको छ ।

संघका पदाधिकारीले मंगलबार प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेतलमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । संघले बम विस्फोटमा घाइते भएकालाई राहतस्वरूप १ लाखका दरले उपलब्ध गराउन र सम्पूर्ण उपचार खर्च व्यहोर्नसमेत माग गरिएको छ ।

यस्तै, संघले उक्त बम विस्फोट घटनाको सुक्ष्म अनुसन्धान गरी अपराधीलाई समातेर कडा सजायका लागि अदालतको कटघारामा उपस्थित गराउनसमेत माग गरेको छ । ज्ञापनपत्रमा भनिएको छ, ‘बम विस्फोटको घटना दुःखद् भएकोले औषधि व्यवसायीहरू मर्माहत भएका छौँ ।’

नेपाल सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै औषधि व्यवसायी असुरक्षित महसुस गरिरहेको समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ । संघले सरकारको सुरक्षा निकाय निष्कृय र निकम्मा भएको ठहर गरेको छ ।

संघका अध्यक्ष सत्यनारायण साह र महासचिव तेजनारायण चौधरीको हस्ताक्षर रहेको उक्त ज्ञापनपत्रमा राखेको माग पूरा नभए आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।

शुक्रवार मध्यरातमा क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा भएको शक्तिशाली बम विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहाल, घरधनी राजेश्वर साह र उनका छोरा १४ वर्षीय आनन्द साहको निधन भएको थियो । उक्त घटनामा मृतक रामेश्वरका एक छोरा, एक छोरी र एक प्रहरी जवान घाइते भई धरानमा उपचाररत छन् ।

मृतक परिवारलाई भेटेर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भने मृतकलाई क्षतिपूर्ति दिने र घाइतेको उपचार खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका थिए । उनले क्षतिपूर्ति कति दिने विषयमा मन्त्रिपरिषद्बाट निर्णय लिने भनेका थिए । तर, हालसम्म मन्त्रिपरिषदको बैठक बस्न सकेका छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]