०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

पर्साको भेडाहा खोलाबाट दुई ट्याक्टर अवैध बालुवासहित चालक पक्राउ

Logo
प्रकाशित मंगलबार, पुष ०१, २०७६

न्यूजमधेश समाचारदाता
विरगंज,१ पुस।अवैध रूपले पर्साको भेडाहा खोलाबाट बालुवा उत्खनन् गरी पैठारी गर्दै गरेको अवस्थामा प्रहरीले बालुवा भरिएको दुइटा ट्याक्टर र ट्याक्टर चालकलाई पक्राउ गरेको छ। पर्सा प्रहरी मातहतको प्रहरी टोलीले भेडाहा खोलाबाट अवैध रूपले उत्खनन् गरी पैठारी गर्दै गरेको अवस्थामा बालुवाले भरिएका दुइटा ट्याक्टर र चालकलाई पक्राउ गरेको हो।

पर्सा प्रहरी मातहतको प्रहरी टोली गस्ती गर्दै जाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ। जिल्लाको पर्सागढी नगरपालिका-४ भेडाहा खोलाबाट अवैध बालुवा उत्खनन् गरी ल्याउँदै गरेको अवस्थामा ना. ६ त ७९०४ र ना. ५ त ६५४३ नम्बरको ट्याक्टर र ती ट्याक्टरका चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्र बहादुर शाहीले बताए।

पक्राउ पर्ने चालकहरूमा वीरगन्ज महानगरपालिका-३२ का २८ वर्षीय मुन्ना साह सोनार र सोही ठाउँका २५ वर्षीय हाकिम देवान रहेका छन्। पक्राउ परेका दुवै ट्याक्टरसहितको बालुवा र चालकलाई थप कार्वाहीको लागि जिल्ला समन्वय समिति पर्सामा बुझाइएको उनले बताए।

स्थानीय सरकार संचालन ऐनअनुसार स्थानीयस्तरमा अहिले पर्साका कुनै पनि खोलाबाट बालुवा उत्खनन् गर्न नपाइने नियमअनुसार प्रहरीले अवैध बालुवा, गिट्टी उत्खनन्लाई पनि निगरानीमा राख्दै आएको पर्सा प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]