०९ बैशाख २०८२, बुधबार
23-04-2025 , Wed
×

राजविराजमा जनमत पार्टीको भव्य आमसभा गर्नकोलागी ७५ सदस्यीय समिति गठन

Logo
प्रकाशित शनिबार, पुष ०५, २०७६

न्यूजमधेश समाचारदाता
राजविराज, ५ पुस।जनमत पार्टीको केन्द्रिय अध्यक्ष डा. सिके राउतको प्रमुख अतिथिमा अगामी माघ १८ गते सप्तरीको राजविराजमा आमसभाको आयोजना हुने भएको छ ।

आमसभाकै तयारीका लागी सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ६ स्थित रहेका जनमत पार्टीकोे कार्यालयमा पार्टीका केन्द्रिय सदस्य तथा सप्तरीे जिल्लाको इन्चार्ज समेत रहेका सुरेन्द्र मधेशीको अध्यक्षतामा ७५ सदस्य समिति निमार्ण गरिएको छ ।

शनिवार आयोजना गरिएको कार्यक्रममा अगामी माघ १८ गते हुन लागेका आमसभा व्यवस्थित तरिकाले सु सम्पन्न गर्नका लागी विभिन्न गाउँपालिका तथा नगरपालिकाका संयोजक सहित वडाहरुको संयोजक समेतलाई विभिन्न जिम्मा दिइएको छ । विभिन्न नगरपालिका तथा गाउँपालिकाबाट करिब १ सय २० जना भन्दा बढी कार्यक्रताहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम सञ्चालन शंकर खड्गाले गरे भने स्वागत मन्तव्य बुद्धेश्वर मण्डलले व्यक्त गरे । पार्टीको केन्द्रिय सदस्य सत्यनारायण मण्डलको समेत उपस्थिती रहेको सञ्चारकर्मी कमल कुमार मण्डलले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]