न्यूजमधेश समाचारदाता
वीरगञ्ज,५ पुस। भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा अबैध मरिचसहित ट्रक पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ। प्रहरीले भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा ना २ ख ९८०२ नम्बरको मरिच लोड गरिएको ट्रक नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बाट उक्त ट्रकमा लोड गरिएको १ सय २० बोरामा रहेको ३ हजार केजी मरिचसहित ट्रक नियन्त्रणमा लिएको हो।
वीरगञ्जबाट भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देख्न साथ ट्रकमा लोड रहेको मरिच सोही स्थानमा छाडी तस्करहरु भने फरार भएको पर्सा प्रहरीले जनाएको छ।