०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

थारु समुदायकाे परम्परागत सीप विकास तालिम सम्पन्न

Logo
प्रकाशित सोमबार, पुष ०७, २०७६

न्यूजमधेश समाचारदाता
कपिलवस्तु,७ पुस।कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं ८ ढोडेकोलमा थारु समुदायको परम्परागत सीप विकास तालिम थारु मादल र ढकिया बुन्ने तालिम सम्पन्न भएको छ ।

वाणगंगा नगरपालिका वडा नं ८ को कार्यालयमा उक्त कार्यक्रम गरिएको हो । प्रदेश सांसद विष्णु पन्थीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै पूर्व कृषिमन्त्री चक्रपाणी अर्यालको विशिष्ट आतिथ्यता रहेको कार्यकम्रमा बोल्दै वाणगंगा नगरपालिका वडा नं ८का वडा अध्यक्ष गुणानिधी भुसालले ढकियाहरु राम्रो भएमा आफूले उक्त सामाग्रिको अन्यत्रै बजारिकरण गरिने प्रतिबद्धता जनाउदै थारु समुदायले पुराना लोप हुदैँ गएको संस्कृति,सीप,कलालाई जोगाउनु पर्नेमा जोड दिनुभएको थियो ।

पहिलेको तुलनामा अहिले पुराना संस्कृतिका सामाग्रीहरु निकै लाप हुदैँ गएको हुनाले आगामी दिनहरुमा यसको संरक्षणका लागी आफू लागी परेको बताउँदै सफलताको शुभकामना समेत व्यक्त गर्नुभएको हो ।

त्यस्तै कार्यक्रममा बोल्दै चक्रपाणी अर्याल बलदेवले प्रशिक्षक रामवली चौधरीलाई धन्यावाद दिदैँ ढोडेकोलमा सीपमूलक तालिमलाई अझ प्रभावकारीता बनाउनका लागी सम्पूर्णलाई आग्रह गर्नु भयो । नगरमा उत्पादन गरेका आफ्नै सीपलाई निरन्तरता दिनुपर्ने र आफ्नो संस्कृतिलाई जोगाउनु पर्ने बताउनु भएको छ ।

प्रदेश सांसद पन्थीले थारु संग्राहलय निर्माण गर्ने र पर्यटकिय बनाउने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा तालिम प्राप्त सम्पूणलाई प्रमाण पत्र प्रदान गरिएको छ । कल्याणकारी कोषाध्यक्षको स्वागत मन्तव्य तथा रामबहादुर चौधरीको संचालनमा सम्पन्न भएको हो । कार्यक्रमको समापन थारु समुदायका परम्मरागत सिप विकास समितिका अध्यक्ष नाथुराम थारुले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]