कमल मण्डल
राजविराज, ९ पुस ।जनमत पार्टीका जनवर्गीय संगठन अन्तर्गत सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १३ मा युवा जनमत संघका तर्दथ समिति बुधवार गठन गरिएको छ।
सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १३ पिपराहीमा एक कार्यक्रम बिच प्रमानन्द कुमार यादवको संयोजकत्वमा १५ सदस्यीय युवा जनमत संघ को वडा स्तरीय तदर्थ समिति गठन गरिएको छ ।
त्यसैगरी उपाध्यक्षमा जितेन्द्र प्रसाद यादव, सचिवमा जिवछ यादव, कोषाध्यक्षमा दिलिप कुमार यादव रहेको छ भने सदस्यमा गजेन्द्र, रोशन, सुनिल, अरविन, महेश, शिवराम, ललित, हरेकृष्णा, कृष्णा रहेको छ ।
राजेश यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।युवा जनमत संघ सप्तरीको तदर्थ समिति छिटै गठन गर्नका लागी तिब्र रुपमा तयारी भईरहेको पार्टीका केन्द्रिय सदस्य तथा सप्तरीका इन्चार्ज सुरेन्द्र मधेशीले जानकारी दिए ।