०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

सप्तरीमा जनमत पार्टीको संगठन विस्तारमा तिव्र

Logo
प्रकाशित बिहिबार, पुष १७, २०७६

न्यूजमधेश समाचारदाता
सप्तरी, १७ पुस ।डा सीके राउत नेतृत्वको जनमत पार्टीको सप्तरीमा दुई स्थानिय तहमा वडा एकाई तदर्थ समिति विहिवार गठन गरिएको छ ।

छिन्नमस्ता गाउँपालिका वडा नम्बर ४ लालापट्टीमा राजकुमार खङ्गको नेतृत्वमा गठन गरिएको छ भने, डाकनेश्वरी नगरपालिका वडा नम्बर ७ ब्रहमपुरमा संदिप कुमार मण्डलको नेतृत्वमा गठन गरिएको हो ।

लालापट्टीमा धर्म नारायण यादवको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा प्रशुराम, दिनेश, रामकिसुन, राजकुमार, उपेन्द्र, अमोद, शालिकराम, रामकुमार, कुलानन्द, हरिजिवन, आभाष, मनोज लगायतले सदस्यमा रहेका छन् ।

यसैगरी आज दिउँसो ब्रहमपुरमा पञ्चलाल मधेशीको नेतृत्वमा वडा एकाइ तदर्थ समिति गठन गरिएको हो।समितिको उपाध्यक्षमा शिवनारायण मण्डल, कोषाध्यक्षमा अर्जुन अग्रवाल , सचिवमा संतोष कुमार मण्डल रहेका छन् ।त्यसै गरी बन्शिधर मण्डल, जिवछ कुमार मण्डललगायत ३१ सदस्य समिति गठन गरिएको छ ।

जनमत पार्टीका केन्द्रिय सदस्य तथा सप्तरीका इन्चार्ज सुरेन्द्र मधेशीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा मनोज यादव, संजय यादव, कमल कुमार मण्डलसमेतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]