०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

विद्यार्थी जनमत संघ धनुषाको संयोजकमा यादव र पण्डित

Logo
प्रकाशित शनिबार, पुष १९, २०७६

मनोज मोरबैता
जनकपुरधाम,१९ पुस।जनमत पार्टीका जनवर्गीय संगठन अन्तर्गत विद्यार्थी जनमत संघ धनुषाको तदर्थ समिति गठन भएको छ।

शनिबार जनमत पार्टी धनुषाको कार्यलयमा अभिमन्यु प्रसाद महतोको अध्यक्षतामा ३५ सदस्यीय विद्यार्थी जनमत संघ धनुषाको तदर्थ समिति गठन गरिएको छ।

समितिको संयोजकमा विजय यादव र नवीन पण्डित रहेको छ। त्यसैगरी उपाध्यक्षमा ज्ञानेन्द्र कुमार दास , सचीवमा धिरज मण्डल ,सह सचीव संतोष मण्डल ,कोषाध्यक्षमा बिरेन्द्र कुमार यादव ,सह कोषाध्यक्षमा अर्जुन महतो चयन गरेको छ।त्यसतै मिडिया संयोजकको रूपमा सरोज कुमार यादव चयन भएको छ।

त्यसैगरी सदस्यमा रामप्रमोद मण्डल ,अनिष कुमार सिंह,कलिम साफी ,प्रदिम राम,सरोज रजक ,सुमित साह लगाइतका विद्यार्थी रहेको छ।

प्रमुख अतिथीको रुपमा आएको विद्यार्थी जनमत संघका केन्द्रिय संयोजक पोषन कुमार यादवले कार्यक्रमलाई सम्बोधन गर्दै भने मधेशको शिक्षा क्षेत्रमा आमूल परिवर्तन लाउनको लागि विद्यार्थी जनमत संघ गठन गरेको हो।उनले मधेसको स्कुल कलेजहरु अहिले व्यपारीहरुको अखाडा बनिसकेको छ।ती अखाडालाई सखाप पार्नको लागि संघर्षरत गरिरहेको बताए।

अतिथीमा जनमत पार्टीका केन्द्रिय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज इन्द्रजित यादव र केन्द्रिय सदस्य अनिता साह ,वरिष्ठ नेतृत्व पुंजका सुमन बाबाको उपस्थितिमा विद्यार्थी जनमत संघ धनुषाको ३५ सदस्यीय तदर्थ समिति गठन भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]