०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

मधेसका निर्दोष जनतालाई बलि चढाएर सूर्य छापमा भोट ? डा.राउत

Logo
प्रकाशित आइतबार, पुष २०, २०७६

न्यूजमधेश समचारदाता

जनकपुरधाम ,२० पुस। राष्ट्रियसभामा दुई सिटका लागि राष्ट्रिय जनता पार्टीले नेकपासँग गठबन्धन गरेपछि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले क डा टिप्पणी गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत राजपा र समाजवादी पार्टीमाथि प्रहा र गरेका हुन्। राष्ट्रियसभामा उम्मेदवारी मनोनयन दर्ता गराउन राजपा र नेकपाको गठबन्धनले निकालेको र्‍यालीको तस्बिर राखेर डा. राउतले भनेका छन्, ‘मधेसमुक्ति आन्दोलन देख लो!’ उनले मधेसवादी नेतालाई ‘सुगवा’ सर्पको संज्ञासमेत दिएका छन्।

उनले हिन्दीमा लेखेका छन्, ‘फाड़ कर देखो (सुगवा) साँप को! जिस मधेसविरोधी नेकपा (ओली) को मधेस में प्रवेश निषेध करने लिए दर्जनों मधेसियों को मरवा दिया, मलेठ में नरसंहार करा दिया, आज वही (राजपा नेकपा एमाले के) सूर्य छाप में मोहर लगाने के लिए जनकपुर में जुलुस निकाले है। मधेशमुक्ति आन्दोलन देख लो!’ यस्तै, समाजवादी पार्टीमाथि पनि उनले प्रहार गरेका छन्।

‘यसअघि नै जनकपुरमा स्वागतद्वार बनाएर ओलीको तस्विर लगाएर स्वागत गरेका थिए’, उनले भनेका छन्, ‘अहिले समाजवादीको नेकपासँग केही दिनअघि डिभोर्स भयो र अहिले गएको छ कांग्रेसको साथ।’ उनले ‘सुगवा’ सर्प धानको खेतमा धानजस्तै हरियो देखिने गरेपछि टोकेर जसरी ज्यान लिन्छ, त्यसरी नै मधेसी नेता हेर्नमा मधेसी लागे पनि नेकपा र कांग्रेसको सन्तान भएको भन्दै क डा टिप्पणी पनि गरेका छन्।

सहिद भने गरिब मधेसी निमुखा र सांसद बनेको बताउँदै तर सांसद भने पत्नी, सम्धी र प्रेमिका बन्‍ने गरेको डा. राउतले टिप्पणी गरेका छन्। डा. राउतले कडा टिप्पणी गरेजस्तै मधेसवासी जनता पनि राजपा र समाजवादी पार्टीमाथि शं का गर्न थालेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]