०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

पत्रकारहरुले नै अपशब्द बोलेको उपमहानगरपालिकाको दावी,न्यायीक छानबिनको माग

Logo
प्रकाशित बुधबार, पुष २३, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम,२३ पुस।जनकपुरधाम उप–महानगरपालिकाले पत्रकारहरुले नै अपशब्द बोलेको दावी गरेको छ ।

घट्नापछि नगरपालिकाले बिज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्षअनिल मिश्रसहित पत्रकारहरु अमरकान्त ठाकुर, विकास साह, शुत्रद्यन यादव गुण्डा शैलीमा उप महानगरपालिकाको कार्यालयमा प्रवेश गरी सेवाग्राहीलाई अपशब्द प्रयोग गरेको दावी गरेको हो ।

उप–महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहीलाल यादवले मंगलबार जारी गरेको बिज्ञप्तीमा नगर प्रमुखको कार्यकक्षमा पुगी उपस्थित नगर प्रमुख, कार्यपालिका सदस्य, वडा अध्यक्ष,सेवाग्राही समेतलाई अभद्र व्यबहार र कुटपिट गरी बितण्डा मचाएको जनाएको छ ।

घट्नाको कानुन बमोजिमको स्वतन्त्र, निष्पक्ष,न्यायीक समिति गठन गरी सत्य–तथ्य अनुसन्धान गरी अनुसन्धानबाट ठहर हुने अपराधी पत्रकारहरुमाथि हदैसम्मको कार्वाहीको माग गरिएको छ । बिज्ञप्तीमा पत्रकारहरुले कुटपिट समेत गरेको दावी गरिएको छ ।

कुटपिटबाट कार्यपालिका सदस्यद्वय पुष्पा यादव र सुनीता मेस्तरनी तथा उप–महानगरपालिका कार्यालयका कार्यालय सहयोगी मिना देवी र सेवाग्राही प्रमिला मण्डल घाइते भएकाले क्षतिपूर्ती समेत दिलाउन बिज्ञप्तीमा माग गरिएको छ ।

कुटपिटबाट प्रमिला मण्डल, सुनिता मेस्तरी, मीना साह र पुष्पा यादव घाइते भएको क्षतिपूर्ती दिलाउन समेत माग गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]