०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

राजविराजमा जनमत पार्टीको संगठन विस्तार

Logo
प्रकाशित बिहिबार, पुष २४, २०७६

न्यूजमधेश समाचारदाता
राजविराज, २४ पुस।डा सिके राउत नेतृत्वको जनमत पार्टीको राजविराज नगरपालिका वडा नम्बर १४ परसाहिमा वडा स्तरीय युवा जनमत संघ र वडा एकाई तदर्थ समिति बिहिवार गठन गरिएको छ ।

कृष्णदेव मण्डलकाे अध्यक्षतमा अायाेजना गरिएको कार्यक्रममा हरेकृष्ण मण्डलकाे नेतृत्वमा २१ सदस्यीय वडा एकाई तदर्थ समिति गठन गरिएको छ ।

यसै गरी उपाध्यक्षमा कृष्ण देव मण्डल, सचिवमा उपेन्द्र राम, सह-सचिवमा गंगा प्रसाद मण्डल, काेषाध्यक्षमा देवक सदा रेहका छन् । देवकृष्ण मण्डल, धर्मेन्द्र कुमार मण्डल, देवनाथ सदा, भरत मण्डललगायतले सदस्यमा रहेकाे छ ।

वडा युवा जनमत संघकाे अध्यक्षमा युग्नेश्वर मण्डल, उपाध्यक्षमा मनाेहर मण्डल, सचिवमा श्रवण कुमार मण्डल, काेषाध्यक्षमा उपेन्द्र कुमार मण्डललाई चयन गरिएको छ भने, दिलिप कुमार मण्डल, कैलाश कुमार मण्डल, मनाेज प्रसाद मण्डल, चन्द्रनारायण मण्डललगायतका व्यक्तिहरु सदस्यमा रहेकाे छ ।

जनमत पार्टीका केन्द्रिय सदस्य तथा सप्तरीका इन्चार्ज सुरेन्द्र मधेशीको प्रमुख आतिथ्यमा अायाेजना गरिएको कार्यक्रममा चन्देश्वर मण्डल (किसान), मनाेज यादव, नारायण यादव सञ्जय मधेसी, कमल कुमार मण्डलसमेतको उपस्थिति रहेकाे थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]