०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

दिलिप महतोलाई फलामले कोखामा घोचेर लडाएपछि टाउकोमा टिपर चढाइयो

Logo
प्रकाशित शनिबार, पुष २६, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम ,२६ पुस।धनुषाको मिथिला नगरपालिका-५ श्रीपुरस्थित नदी उत्खननको विरोध गर्दा भएको दिलिप महतोको हत्या प्रकरणका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरीका अनुसार अभियुक्तहरुले पहिले फलामको लिभरले दाहिने कोखमा घोचेर घाइते बनाएर अन्तिममा टिपरले टाउकोमा किचेर हत्या गरेको खुलेको छ।

घटनामा संलग्न चारजनालाई प्रहरीले शनिबार सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार अभियुक्तहरुले दिलिपको कोखामा फलामले घोचेर गम्भीर घाइते बनाएपछि टिपरले टाउकोमा किचेर हत्या गरेको बताएका छन्।

उनले घटनामा संलग्न क्रसर उद्योग संचालकसहित चारजनालाई पक्राउ गरी कारबाही अगाडि बढाइएको जानकारी दिए । ‘घटनाको अनुसन्धान हुँदैछ’, उनले भने, ‘संलगन सबैलाई कानुनी दायरमा ल्याएरै छाड्छौं।’

हत्यामा संलग्न चुरियामाई बालुवा प्रशोधन केन्द्र नामक क्रसर उद्योग संचालक बिपिन महतो, टिपर चालक मुनिन्द्र महतो, युवक रोशन यादव र लोडर चालक जितेन्द्र कुमार महतोलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

टिपर चालक र लोडर चालक महतोले क्रसर संचालकको निर्देशनमा दिलिपलाई किचेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । मृतक दिलिपलाई बोलाएर लगेको भनिएका रोशनको पनि क्रसर संचालकसँग ‘कनेक्सन’ देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

शुक्रवार विहान २६ वर्षीय दिलिपलाई घर नजिकैको औरही खोलामा योजनावद्ध ढंगले हत्या गरिएको थियो । यो घटनामा इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादब र वडाध्यक्ष श्यामबाबु यादवको संलग्नता रहेको दाबी पीडित परिवारले गरेका छन् ।

घटनास्थलमै दिलिपको मृत्यू भएको अवस्थामा मुचुल्कासमेत नउठाई हतार-हतार जनकपुर अस्पताल लगिएकाले उनीहरुमाथि पनि शंका गरिएको हो। तर प्रहरीले यसबारे केही पनि बोल्न मानेका छैन ।

घटनाको ३६ घण्टापछि शनिबार साँझ पीडित परिवारले दिलिपको शव बुझेका छन्। प्रादेशिक अस्पताल अस्पताल जनकपुरमा पोष्टमार्टमपछि पीडित परिवारले शव बुझेर घर लगेका हुन् । घटना गम्भीर प्रकृतिको भएकाले तीन चिकित्सकले तीन घण्टा लगाएर पोष्टमार्टम गरेका थिए।

प्रहरीले मुचुल्का गलत बनाएको भन्दै पीडित परिवारले शव बुझ्न अस्वीकार गरेका थिए। पीडित परिवारको चित्त बुझ्ने गरी मुचुल्का बनेको विवरण प्रहरीले देखाएपछि शव बुझ्न तयार भएका हुन्।

दिलिपको दाहसंस्कार शनिबारै राति हत्या भएकै ठाउँमा गर्ने आफन्तले जनाएका छन्। घटनाका दोषीलाई कडा कारबाही माग गर्दै विभिन्न संघसंस्थाले शनिबार जनकपुरमा प्रदर्शन गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]