०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

विमित छोरीलाई ३ महिना फ्रि इन्टरनेट सेवा

Logo
प्रकाशित बुधबार, माघ ०१, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम,१माघ।मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा विमा गराउने बालिकाहरुले तीन महिनाको फ्रि इन्टरनेट सेवा पाउने भएको छ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र सुबिसु केबल नेट प्राली बिच भएको सम्झौता अनुसार छोरी शिक्षा बिमा गराउने छोरीहरुले तीन महिनाको फ्रि इन्टरनेट सेवा प्राप्त गर्ने छन ।

प्रदेश २को सरकारले संचालन गरि रहेको बेटी पढाउ बेटी बचाउ अभियानलाई सफल बनाउन सुविसु केबल नेट प्रालीले यो सेवा उपलब्ध गराएको सुविसुका आयोजना प्रमुख सुवास अधिकारीले जनाउनु भएको छ ।

प्रदेश सरकारको यो अभियानलाई सफल बनाउन विभिन्न सेवा प्रदायक संघ संस्थाहरुले सहयोग गर्दै आएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]