न्युजमधेश सम्वादाता
जलेश्वर,४ माघ।नेपाली कांग्रेसका महासमिति सदस्य ललन कुमार रायको १३ औ पुण्य तिथिको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले श्रद्धाञ्जली व्यक्त गरेका छन ।
शनिवार महोत्तरीको मनरासिसवा नगरपालिका १० बथनाहा टोल स्थित उनको निजी निवास पुगेर मेयर साहले श्रद्धाञ्जली व्यक्त गरेका हुन ।
श्रद्धाञ्जली व्यक्त गर्दे साहले नेता रायको राजनीति जीवन र उनले पार्टीमा दिएका योगदान बारेमा खुलेर चर्चा गरेका थिए ।उनले रायका परिवारमा स्वन्तना समेत व्यक्त गरेका थिए।