०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

मधेस आन्दोलनको प्रथम सहिद महतोकै जन्म स्थल नवराजपुरमा डा राउतले बलिदानी दिवस मनाउने

Logo
प्रकाशित आइतबार, माघ ०५, २०७६

न्यूजमधेश सम्बादाता
लहान, ५ माघ।मधेस आन्दोलनका पहिलो शहिद रमेश महतोको बलिदानी दिवस डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहाको नवराजपुरमा मनाउने भएको छ । नवराजपुर गाउँमा शहिद महतो परिवारको घर पर्छ ।

२०६३ माघ ५ गते आजकै दिन लहानमा मधेस आन्दोलनका क्रममा महतो शहिद भएका थिए । आन्दोलनकारीले तत्कालिन माओवादीको गाडी रोकेपछि चलाएको गोली लागेर महतोको मृत्यू भएको थियो । त्यसपछि मधेसभर आगो झै आन्दोलन फैलिएको थियो ।

जनमत पार्टीका अध्यक्ष डा. राउत लहानस्थित शहिद महतोको शालिकमा माल्र्यापण गर्ने र त्यसपछि भगवानपुर गाउँपालिका र सखुवानारकट्टी गाउपालिकामा पार्टी कार्यलय उदघाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि नवराजपुर वडा नम्बर ४ सोनवर्षा पुगेर बलिदानी सभा गर्ने जनमत पार्टीका प्रशिक्षक संजय यादवले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]